anand adhikari jati phukayo şarkı sözleri
जति फुकायो उति कसिने,गाँठै गाँठो जीन्दगी
जति निभायो उति सल्किने ,आगै आगो जीन्दगी
.
कोहि त देखाउ मलाई मान्छे,हाँसेर बाँच्ने को छ र?
केवल छ घाउ ठूलो र सानो,आँशु नझार्ने को छ र?
जति सुल्झायो उति वल्झिने ,जालै जालो जीन्दगी
जति निभायो उति सल्किने ,आगै आगो जीन्दगी
जोड र घटाउ चलि नै रहन्छ,हिसाब नखोज्ने को छ?
भोग्दा भोग्दै जीवन भोगाइ,शुन्यमा नझर्ने को छ र?
जति जोड्यो उति रित्तिने ,तिरै तिरो जीन्दगी जति निभायो उति सल्किने आगै आगो जीन्दगी

